दफा १२
विदेशी वित्तीय संस्थाबाट ऋण लिन सक्ने
(१) कुनै पनि उद्योगले प्रचलित कानून बमोजिम नेपाल राष्ट्र बैङ्कको स्वीकृतिमा विदेशी वित्तीय संस्थाबाट परियोजना क्रण (प्रोजेक्ट लोन) वा परियोजना लगानी (प्रोजेक्ट फाइनान्सिङ) सम्झौता गरी क्रण लिन सक्नेछ।

(२) उपदफा (१) बमोजिमको उद्योगले लिएको क्रणलाई समेत यस ऐन बमोजिम विदेशी लगानीलाई परिच्छेद-५ बमोजिम छुट, सुविधा र सहुलियत प्राप्त हुनेछ।

(३): नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको प्रक्रिया बमोजिम उद्योगलाई क्रणको सावाँ र ब्याज भुक्तानी गर्न विदेशी मुद्वाको सुविधा प्रदान गरिनेछ।

(४) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिम नेपाल राष्ट्र बैङ्कको स्वीकृतिमा विदेशी वित्तीय संस्थाबाट परियोजना क्रण (प्रोजेक्ट लोन) वा परियोजना लगानी (प्रोजेक्ट फाइनान्सिङ) सम्झौता गरी क्रण लिएको हकमा त्यस्तो क्रण लिने उद्योगले विदेशी वित्तीय संस्थाको नाममा अचल सम्पत्ति बन्धकी दिन सक्नेछ। (५) अनुसूचीमा उल्लिखित : उच्चोगले उपदफा (१) बमोजिम क्रृण लिन सक्ने छैन।